
अफ्रिदी बने वर्षकै उत्कृष्ट क्रिकेटर
पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी सन् २०२१ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका उनी आईसीसी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
यसक्रममा अफ्रिदीले इंग्ल्यान्डका कप्तान जो रुट, न्यूजिल्यान्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पार्दै उनी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
२०२१ मा अफ्रिदीले ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। अफ्रिदीले टेस्ट र टी२० आईमा यो वर्ष उत्कृष्ट प्रर्दशन गरेका थिए। अक्टोबर नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन अफ्रिदीले उत्कृष्ट योगदान दिएका थिए।
यसैगरी आईसीसीको सन् २०२१ को उत्कृष्ट महिला क्रिकेटर भारतकी स्मृति मन्धाना घोषित भएकी छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सन् २०२१ भारतीय महिला टोलीका लागि सहज नभए पनि स्मृति मन्धानाको उत्कृष्ट यात्रा जारी रहेको लेखेको छ।
स्मृतिले सन् २०२१ मा २२ अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन्। उनले ३८।८६ को औसतमा ८५५ रन बनाएकी थिइन्।