विश्वकप लिग–२ : ओमानको लागतार दोस्रो जित, अमेरिका ६ विकेटले पराजित

सन् २०२३ को विश्वकपको छनोटको रुपमा रहेको विश्वप क्रिकेट लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ओमानले लागतार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा ओमानले शीर्ष स्थानको अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

यो जितसँगै ओमानले लिग२ को शीर्ष स्थानमा रहेको अमेरिकासँग अंक बराबरी गरेको छ । अमेरिका र ओमान दुवैको १२ अंक छ । अमेरिकाले ९ खेल खेलेको छ भने ओमानले ८ खेल खेलेको छ । सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको थियो ।

बिहीबार कीर्तिपुर मैदानमा भएको खेलमा २१४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अकीब इलियासले सर्वाधिक ७२ रन बनाए । उनले १ सय १० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नदीम ५५, सुरज कुमार ३३, खवार अलीले ३१ रन बनाए । अघिल्लो खेलमा पनि अर्धशतक बनाएका नदीमले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले १–१ विकेट लिए ।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा २ सय १३ रनमा अलआउट भयो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ र अक्ष होमराजले ४४ रनको योगदान दिए । हल्यान्डले ७८ बल खेल्दै ७ चौका प्रहार गरे भने होमराजले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

ओमानका मोहम्मद नदीमले सार्वधिक ३ विकेट लिए भने जिसन मक्सुद, बिलाल खान र अकीब इलियासले समान २ विकेट लिए । क्रिकोणात्मक सिरिजमा शुक्रबार कुनै पनि खेल हुने छैन । शनिबार नेपाल र अमेरिका भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.