टि–२० विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तान पहिलो खेलमै भिड्ने

Read Time:2 मिनेट

अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिलले टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। युएई र ओमान संयुक्त रुपमा आयोजना हुन लागेक टि–२० विशवकप अक्टोबर १७ बाट २४ सम्म आयोजना हुनेछ।

विश्वकपको पहिलो राउन्डको खेल १७ देखि २२ अक्टोबरसम्म हुनेछ भने दोस्रो राण्ड अर्थात सुपर १२का खेल २३ अक्टोबरबाट सुरु हुने छ।

टि–२० वरियताका शीर्ष ८ टिम सिधै सुपर १२मा पुगेका छन् । पहिलो राउण्डका ८ टिमका ४ टिम सुपर १२मा पुग्ने छन्।

पहिलो राउन्डको समूह एमा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड र नामिबिया छन् भने समूह बीमा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन् ।

यस्तै सुपर १२को ग्रुप १मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज छन् भने पहिलो चरणको समूह एको विजेता र समूह बीको उपविजेता पनि यही समूहमा हुने छन्। यस्तै समूह २मा भारत, पाकिस्तान, अफगानिस्तान र न्यजिल्यान्ड छन् । यो समूहमा पहिलो राउण्डको समूह एको उपविजेता र समूह बीको विजेता पनि हुने छन्।

सुपर १२का एउटै समूहमा रहेका एसियाका दुई ठूलो प्रतिद्वन्द्वी टिम भारत र पाकिस्तान समूहको पहिलो खेलमै भिड्ने भएका छन्। यो खेल दुबईमा अक्टोबर २४मा हुने छ। सुपर १२को पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भीड्ने छन् । यो खेल अबुधाबीमा हुने छ।

प्रतियोगिताका पहिला चरणका खेल ओनमाको मस्टक, सारजाह र अबुधावीमा हुने छ। १२ खेलमध्ये ६ खेल मस्टक, ४ खेल अबुधावी र २ खेल सारजाहमा हुने छन्।

यस्तै सुपर १२का फाइलनसहित सर्वाधिक १३ खेल दुबईमा हुने भने अबुधावीमा ११ खेल हुनेछन् । यस्तै सारजाहमा ९ खेल हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फर्नान्डेस भन्छन्– एकै खेलमा ५–६ असिस्ट गर्ने क्षमता पोग्बासँग छ
Next post इंग्ल्यान्डको प्लेयर्स अफ दी इयरका लागि मनोनयन सार्वजनिक, म्यान्चेस्टर सिटीका सर्वाधिक ५ खेलाडी
Close