
आइसीसी टी-२० टिम अफ दि इयर घोषणा, परेनन् कुनै पनि भारतीय खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले टी–२० टिम अफ दि इयर घोषणा गरेको छ। आईसिसीले बुधबार घोषणा गरेको टि–२० टिम अफ दी इयरमा पाकिस्तान र दक्षिण अफ्रिकाका सर्वाधिक ३ खेलाडीले स्थान बनाउँदा कुनै पनि भारतीय खेलाडी अटाउन सकेनन्।
आइसिसीले बुधबार पाकिस्तानका कप्तान बाबर अजामको कप्तानीमा‘टी२० टिम अफ दि इयर’ घोषणा गरेको हो। जसमा पाकिस्तानबाट बाबरसँगै विकेटकिपर मोहम्मद रिजवान र फास्ट बलर शाहिन शाह अफ्रिदी परेका छन् ।
टिम अफ दी इयरमा दक्षिण अफ्रिकाबाट टप अर्डर ब्याट्सम्यान एइडन माक्रम, फिनिसर डेभिड मिलरसँगै स्पिनर ताब्रेज शाम्सी परेका छन्।
यसैगरी अष्ट्रेलियाका अलराउन्डर मिचेल मार्श र फास्ट बलर जोस हाजलउडले टिममा स्थान बनाउँदा इंग्लयान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलर, श्रीलंकाका वानिन्दु हसरंगा र बंगलादेशबाट मुस्ताफिजुर रहमानले टिममा स्थान बनाएका छन्।