ओमानमा लगातार तीन खेल जितेपछि नेपालको एकदिवसीय वरियता सुधारियो

ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको एकदिवसीय वरियता सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) मंगलबार गरेको नयाँ अपटेडमा नेपाल एक स्थान माथि उक्लिँदै १५औं स्थानमा आइपुगेको छ।

ओमान भ्रमणमा नेपालले पपुवा न्यगिनीविरुद्धको २ खेलको सिरिज क्लिन स्विप गरेको थियो भने आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो।

एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र नेदरल्यान्ड्स रहेका छन् । नेदरल्यान्ड्स ११औं र स्कटल्यान्ड १४औं स्थानमा छ।

यसैगरी एकदिवसीय वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ भने इंग्ल्यानड दोस्रो स्थानमा छ । यस्तै, अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा छन् । यस्तै, पाकिस्तान छैटा, बंगलादेश सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र अफगानिस्तान १०औं स्थानमा छन्।

Facebook Comments Box