पोखरामा विश्वकप ट्रफी

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी पोखरा पु¥याइएको छ । शुक्रबार काठमाडौं ल्याइएको ट्रफी साँझ स्यम्भूमा सार्वजनिक गरिएको थियो ।

ट्रफी पोखरा रंगशालाको क्रिकेट मैदानमा सार्वजनिक गरी प्रदर्शनी गरियो । शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) मा सहभागी हुन राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेट पदाधिकारीहरु पोखरामा रहेका ट्रफीलाई पोखरा लगिएको हो ।

एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालगायतका राष्ट्रिय खेलाडीको उपस्थितिमा पोखरामा सार्वजनिक गरिएको हो ।

ट्रफी शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौं ल्याइनेछ । त्यसपछि ट्रफीलाई आइतबार काठमाडौंको ऐतिहासिक स्थान चन्द्रगिरि लगिनेछ । सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याइए हो ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्टइन्डिज, श्रीलंका, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इंग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *