
नेपाल टि–२० वरियतामा २ स्थान तल झर्यो, भारत शीर्ष स्थानमा
युएईसँग पराजित हुँदै टि–२० विश्वकपमा स्थापन बनाउन असफल भएको नेपाली क्रिकेट टिमको टि–२० वरियता पनि खस्किएको छ। छनोटका ४ मध्ये ३ खेल जिते पनि वरियतामा नेपाल २ स्थान तल झरेको हो।
आईसिसीको नयाँ वरियतामा नेपाल १५औं स्थानमा आइपुगेको छ। ओमान जानुअघिसम्म नेपाल टि–२० वरियतामा एसोसिएट्तर्फ शीर्ष स्थानमा छ। ओमानमै भएको चारदेसिय सिरिज पछि नेपाल एक स्थान तल झर्दै १३औं स्थानमा आएको थियो।
एसोसिएटतर्फ शीर्ष स्थानमा युएई छ । उ १२औं स्थानमा छ । आयरल्यान्ड १४औं र स्कटल्यान्ड १३औं स्थानमा छन्।
टि–२० वरियतामा भारत शीर्षस्थानमा उक्लिएको छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन्।यस्तै, वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं र जिम्बाबे ११ औं स्थानमा छन्।