टि–२० वरियतामा नेपाल ११औं स्थानमै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगालबार सर्वाजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपाल यथास्थानमै रहेको छ । पछिल्लो एक महिना नेपाल क्रिकेट नखेलेका आइसिसीको नयाँ वरियतामा ११औँ स्थानमा यथावत रहेको हो ।

नेपालले पछिल्लोपटक सिंगापुरमा टि–२० विश्वकप क्रिकेटको एसिया छनोट खेलेको थियो । त्यसयता नेपालले कुनै पनि खेल खेलेको छैन । नेपाल कुवेत र सिंगापुरसँग पराजित भएसँगै नेपाल अर्काे वर्ष अस्ट्रेलियामा आयोजना हुने तय भएको टी–२० विश्वकपको एसियाली छनोटमै रोकिएको थियो ।

नेपाल आइसिसी वरियतामा अझै पनि एसोसिएट टोलीमध्ये शीर्ष स्थानमा छ । नेपालले टि–२० वरियतामा २ टेस्ट राष्ट्रपनि पछि पारेको छ । टि–२० वरियतामा भन्दा तल टेस्ट राष्ट्र जिम्बाबे र आयरल्यान्ड छन् ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तान २८३ रेटिङ अंकसहित शीर्ष स्थानमा पुगेको हो । इंग्ल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो र अस्ट्रेलिया पाँचौ स्थानमा छन् । यसैगरी न्युजिल्यान्ड छैठौं, अफगानिस्तान सातौं, श्रीलंका आठौें, वेस्टइन्डिज नवौं र बंगलादेश १०औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP