टि–२० वरीयतामा एसिएट्सतर्फ नेपाल नम्बर वान

Read Time:1 Minute

एक साताअघि मात्र घरेलु मैदानमा त्रिकोणात्मक टि–२० सिरिज जितेको नेपालको टि–२० वरीयता सुधार भएको छ । आईसिसीले आइतबार गरेको नयाँ अपटेडअनुसार नेपाल एक स्थान माथि उक्लँदै १२औं स्थानमा आइपुगेको छ।

योसँगै नेपाली टि–२० वरियतामा एसोसिएट्सतर्फ शीर्ष स्थानमा उक्लिएको छ। यसक्रममा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई पनि पछि पारेको छ। आयरल्यान्ड १५औं स्थानमा छ। विश्वकपमा छनोट भएको युएई १३ र स्कटल्यान्ड १४औं स्थानमा छन्।

नेपालले पछिल्ला १० टि–२० खेल मध्ये १ खेल मात्र हारेको छ। घरेलु मैदानमा लागतार ५ खेल जितेको नेपाल विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएको थियो।

टि–२० वरियतामा भारत शीर्ष स्थानमै छ। इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानको जेनेरल म्यानेजरमा विक्रान्त
Next post आरसिटी रोकिँदा खुमलटास ए डिभिजनमा, सामाजिक युथ रेलिगेसनमा
Close