टि–२० वरियता : नेपाल १२औं स्थानमा, पाकिस्तान शर्ष स्थानमै

अन्तर्राष्ट्रिय क्रिकेट परियाद् (आईसिसी)ले सर्वाजनिक गरेको टि–२० क्रिकेटको नयाँ वरियतामा नेपाल यथा स्थानमा रहेको छ । डिसेम्बरमा पनि १२औं स्थानमा रहेको नेपाल जनवरीमा पनि १२औं स्थानमा रहेको छ ।

नेपाल लामो समय टि–२० वरियताको ११औं स्थानमा थियो । सिंगापुर र ओमान भ्रमणअघिसम्म ११औं स्थानमा रहेको नेपाल सिंगापुर र ओमान भ्रमणमा खराब प्रदर्शनपछि १२ औं स्थानमा झरेको हो ।

वरियतामा १२औं स्थानमा रहेपनि नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड, टि–२० विश्वकपमा छनोट भएको नेदरल्यान्ड र स्कटल्यान्ललाई भने पछि पारेको छ । स्कटल्यान्ड १३, आयरल्यान्ड १४औं स्थानमा रहँदा नेदरल्यान्ड्स १६औं स्थानमा छ ।

टि–२० वरियतामा यसपटक कुनै फेरबदल भएको छैन । अघिल्लो महिनाजस्तै पाकिस्तान शीर्ष स्थानमा छ भने इंग्ल्यानड दोस्रो, दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् । यस्तै भारत चौथो र अस्ट्रेलिया पाचौं स्थानमा छन् ।

यसैगरी न्युजिल्यानड छैठौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं र वेस्टइन्डिज १०औं स्थानमा रहँदा जिम्बाबे ११औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.