टेस्ट च्याम्पियन्ससिप फाइलन आगामी जुनमा हुने

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अगामी जुनमा हुने भएको छ । कोरोना भाइरस संक्रमणको महामारीले छनोट प्रक्रियामा बाधा पुगे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टेस्ट च्याम्पियनसिपको फाइलन आगमी जुनमा गर्ने निर्णय गरेको छ ।

महामारीले गर्दा पूरा वर्षको अन्तर्राष्ट्रिय खेल तालिका बिथोलिएको छ । यसक्रममा धेरै क्रिकेट शृंखला अवरुद्ध भएका छन् । आईसिसीले च्याम्पियन्सपिका बाँकी खेलको तालिका केही समयमै सार्वजनिक गर्ने जनाएको छ ।

‘हाम्रो कार्यक्रम प्रगतिको चरणमै छ’, आईसिसीका प्रवक्ताले भनेका छन्, ‘अबको केही दिनमा पूरा कार्यक्रमबारे पूरा रूप रेखा अगाडि आउने छ र यसको हामी चाँडै घोषणा पनि गर्नेछौं ।’ उनले यो कस्तो विधिको हुने हो, त्यो पनि खुलाएका छैनन् । य

आईसीसीले गत वर्षमात्र टेस्ट च्याम्पियनसिपको सोच अगाडि ल्याएको हो र यसलाई विश्वकपको स्वरूप दिइएको थियो ।

टेस्ट च्याम्पियनसिपमा ३६० अंकसहित भारत शीर्ष स्थानमा छ भने २९६ अंक जोडेको अस्ट्रेलिया दोस्रो र २९२ अंकका साथ इंग्ल्यान्ड तेस्रो स्थानमा छ । १८०अंकसहित न्युजिल्यान्ड चौथो र १६० अंक जोडेको पाकिस्तान पाचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP