जडेजा टेस्ट क्रिकेटका नम्बर एक अलराउन्ड

Read Time:1 Minute

भारतीय अलराउन्डर रविन्द्र जडेजा टेस्ट क्रिकेटको नम्बर एक अलराउन्डर बनेका छन्। आईसीसीले बुधबार अपडेट नयाँ वरीयतामा पनि पहिलो नम्बरमा पुगेका हुन्।

मोहालीमा श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा जडेजाले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो इनिङ्समा ब्याटिङ गर्दै जडेजाले १ सय ७५ रन बनाएका थिए। त्यसपछि बलिङमा उनले ९ विकेट लिएका थिए।

जडेजा विश्वको नम्बर एक टेस्ट अलराउन्डर बनेको यो दोस्रो पटक हो। सन् २०१७ मा पनि जडेजा अगस्ट महिनामा एक सातासम्म टेष्ट वरीयतामा नम्बर एक अलराउन्डर थिए।

यसअघि, फेब्रुअरी २०२१ मा विश्वको नम्बर एक टेस्ट अलराउन्डर वेस्ट इन्डिजका जेसन होल्डर थिए। उनी नयाँ वरीयतामा दोस्रो स्थानमा झरेका छन्। यस्तै, तेस्रो नम्बरमा भारतकै रविचन्द्र अश्विन छन् भने चौंथो स्थानमा बंगलादेशका शकिब अल हसन छन्। पाँचौं स्थानमा भने इंग्ल्यान्डका बेन स्टोक्स छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० वरीयतामा माथि उक्लँदै कुशल, यथास्थानमा दीपेन्द्र, तल झरे सन्दीप
Next post प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि
Close