नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा गर्ने तयारी

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा गर्ने तयारी आईसिसीले गरेको छ। गत मार्चमै ओमान हुनुपर्ने सिरिज कोरोनाका कारण रोकिएपछि आईसिसीले सिरिज सेप्टेम्बरमा गर्ने तयारी थालेको हो।

सिरिज आयोजनाका लागि आईसिसीले छलफल गरिरहेको सिरिज सेप्टेम्बरमा हुने पक्का जस्तै भएको बताइएको छ। ओमान आसन्न टि–२० हुने भएपछि त्रिकोणात्मक सिरिज आयोजना हुने विश्वास गरिएको छ।

अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा टी–२० विश्वकप आयोजना हुँदैछ । त्यसअघि नै त्रिकोणात्मक सिरिज आयोजना गर्ने तयारी आईसिसीले थालेको छ।

यो नेपालको विश्वकप लिग २को दोस्रो सिरिजन हो । यसअघि नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज स्थागित भएको थियो । नेपालले अमोन र अमेरिकासँगै पहिलो सिरिज खेलेको छ।

Facebook Comments Box