आईसिसीले बढायो विश्वकपमा सहभागी टिमको संख्या, नेपाललगायतका एसाेसिएट देशलाई फाइदा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने निर्णय गरेको छ। आईसिसीले मंगलबार सन् २०२४ देखि २०३१ सम्मको ‘फ्युचर टुर्स कार्यक्रम’अन्तर्गत एकदिवसीय र टि–२० विश्वकपमा सहभागी टिमको संख्या बढाउने निर्णय गरेको हो।

यो ८ वर्षबीचमा आयोजना हुने एकदिसीय विश्वकपमा आईसिसीले सहभगाी टिमको संख्या १४ पु¥याएको छ भने टि–२० विश्वकपमा २० टिम सहभागी हुने छन् । अहिले एकदिवसीय विश्वकपमा १० र टि–२० विश्वकपमा १६ टिम सहभागी हुँदै आएका छ्न ।

यस्तै आईसिसीले सन् २००४ देखि टि–२० विश्वकप प्रत्येक २ वर्षमा आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, आईसिसीले आईसिसीले च्याम्पियन्स ट्रफी र टेस्ट च्याम्पियनसिप पनि पुनः सुरु गर्ने निणर्य गरेको छ । च्याम्पियन्स ट्रफी प्रत्येक ४ वर्षमा हुने छ भने टेस्ट च्याम्पियनसिप प्रत्येक दुई वर्षमा हुने छ।

आईसिसीई यो निर्णय पुरुष क्रिकेटमा ८ वर्षका लागि भएको उल्लेख गरेको छ। महिला क्रिकेटको सेड्युल भने आईसिसीले यसअघि नै सर्वाजनिक गरिसकेको छ।

एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन टिम सुपर सिक्सका लागि छनोट हुनेछन्। यस्तै, टि–२० विश्वकपमा ५–५ टिमको चार समूह बनाइने छ । समूहका शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने छन् । त्यसपछि नकआउटका आधारमा खेल हुने छ।

विश्वकपमा टिम संख्या बढाउने आईसिसीको निर्णयपछि नेपाललगायत एसोसिएट राष्ट्रले विश्वकप खेल्न अवसर पाउने छन् ।

नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन ।

सन् २०२२ को टी२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । २०२३ को एकदिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्दैछ ।

Facebook Comments Box