टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषाणा, परेनन् हार्दिक र श

आईसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ। चेतन शर्माको नेतृत्वमा रहेको छनोट समितिले न्युजिल्यान्डविरुद्धका टेस्ट च्याम्पियनसिप फाइनलका लागि २० सदस्यीय भारतीय टिम घोषणा गरेको हो।

विराट कोहलीको कप्तानीमा शनिबार घोषणा गरिएको २० सदस्यीय टिममा ६ टपअर्डर ब्याट्सम्यान, ३ विकेटकिपर ब्याट्सम्यान, २ अलराउन्डर, ३ स्पिनर र ६ फास्टबलर छन् ।

१८ जुनमा हुने फाइलनका लागि घोषणा गरिएको टिममा रविन्द्र जडेजा र हनुमान बिहारीले चोटमुक्त हुँदै पुनरागमन गर्दा अलराउन्डर हार्दिक पाण्ड्या र ओपनर पृथ्वी श भने टिममा अटाउन सकेनन् ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइलन साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा हुनेछ । भारतले टेस्ट च्याम्पियनसिप फाइनल लगत्तै इंग्ल्यान्डसँग ५ खेलको टेस्ट सिरिज पनि खेल्ने छ। टेस्ट च्याम्पियनसिप फाइनल १८ जुन देखि २२ जुनसम्म चल्छ भने भारत र इंग्ल्यान्डबीचको सिरिज ४ अगस्तबाट सुरु हुनेछ।

टेस्ट च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने न्युजिल्यान्ड दोस्रो हुँदै । १ अगस्त सन् २०१९ बाट सुरु भएको टेस्ट च्याम्पियनसिपमा ९ टिम सहभागी थिए । प्रत्येक टिमले ६ सिरिज खेलेका थिए, जसमा घरेलु मैदानमा ३ र बाहिर ३ सिरिज थियो।

Facebook Comments Box