राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

राजस्थान रोयल्यसलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाहमा भएको खेलमा राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

६ खेलमा ५ जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा छ । दिल्लीले पहिलो खेलमा किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको दिल्लीले चौथो खेलमा कोलकता नाइट राइडर्सलाई १८ रन र पाँचौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५९ रनले पराजित गरेको थियो । यता, सुरुवाती दुई खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुावत गरेको राजस्थानले लागतार चौथो हारको सामाना गरेको छ ।

पहिला ब्याटिङ गर्दै दिल्ली दिएको १८४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन बनाए भने यजस्वी जैसवालले ३४ रन बनाए । यस्तै, कप्तान स्टिभ स्मिथले २४ र जोस बट्लरले १३ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा कासिगो रबाडाले ३ विकेट लिए भने रविचन्द्रन आश्विन र मार्कस स्टोनिइसले समान २ विकेट लिए । दिल्ली बलिङसँगै फिल्डिङ पनि उत्कृष्ट गरेको थियो । उसका सिम्रन हेटमेयरले २ उत्कृष्ट क्याच लिए भने शिखर धवन र रबाडाले पनि उत्कृष्ट क्याच गरे ।

यसैगरी पहिला ब्यटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनायो । उसका लागि हेटमेयरले २४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । यस्तै, स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गर्दै ३९ रन बनाउँदा कप्तान श्रेयस ऐयरले २२ र पृथ्वी शले १९ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुने छ । दिउँसो ३ः४५ बजे अबुधाविमा हुने खेलमा कोलकाता र पञ्जाव भिड्ने छन् भने साँझ ७ः४५ बजे दुबईमा हुने खेलमा चेन्नई र बैंग्लोर भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP