धोनीले टि–२० विश्वकप खेल्ने रवि शास्त्री संकेत !

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नदेखिएका भारतीय पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले आसन्न टि–२० विश्वकप खेल्ने सक्ने भएका छन् । भारतीय टिमका प्रमुख प्रशिक्षक रवि रात्रीले धोनीको टि–२० अन्तर्राष्ट्रिय करिअर नसकिएको बताएपछि धोलीले अस्ट्रेलिया हुने टि–२० विश्वकप खेल्ने अनुमान गरिएको छ ।

धोनी गत जुलाईमा भएको एकदिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका छैनन् । प्रशिक्षक रवि शास्त्रीले एक अन्तर्वार्तामा भनेका छन्, ‘उनले चाहे पुनः राष्ट्रिय टिममा फर्कन सक्ने छन्, उनी विश्वकप विजेता कप्तान हुन्, उनको अनुभाव टि–२० विश्वकपमा हामीलाई फलदायी हुन सक्छ ।’

आसन्न आईपिएमा धानीले राम्रो प्रदर्शन गरे धोनीले टि–२० विश्वकप खेल्ने पक्का जस्तै छ । आईपिएललाई धोनीको राष्ट्रिय टिममा आगमनको तयारीका रुपमा हेरिएको छ ।

सोही अन्तर्वार्ताका क्रममा शास्त्रीले धोनीले एकदिवसीय क्रिकेटबाट चाँडै सन्न्यास लिने पनि बताएका छन् । शास्त्रीले भने, ‘धोनी एकदिवसीय क्रिकेटबाट पनि विश्राम लिन चाहान्छन् । उनले मलाई फोन गर्दै चाँडै नै एकदिवसीय क्रिकेटबाट सन्न्यास लिन चाहेको बताएका छन् ।’

आफूसँगको कुराकानीमा धोनीले क्रिकेटको एउटा मात्र फम्र्याट खेल्न चाहेको बताएका छन् । ‘उनी अब टि–२० क्रिकेट मात्र खेल्न चाहन्छन् ।’ शास्त्री भन्छन्, ‘अब उसले चाँडै खेल्न सुरु गर्नुपर्छ, मैदान फर्कनुपर्छ । उनले आईपिएल खेल्ने छन्, त्यहाँ उसको शरीरले कस्तो प्रतिक्रिया देखाउँछ, त्यही अनुसार हामी निर्णय गर्छौं ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.