जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भारत र पाकिस्तानबीचको हेविवेट भीडन्तमा एसिसीले रिजर्भ डेको व्यवस्था गरेको छ।
श्रीलंकामा जारी प्रतियोगितामा वर्षाको सम्भावना भएपछि एसिसीले रिजर्भ डेको व्यवस्था गरेको हो। यसअघि समूह चरणमा भएको भारत र पाकिस्तान बीचको खेल रद्द भएपछि एसिसीले रिजर्भ डेको व्यवस्था गरेको हो।
भारत र पाकिस्तान भोलि सुपर फोरमा भिड्दै छन्। खेल भोलि दिउँसो ३ः१५ बजे कोलम्बोमा हुनेछ। यसअघि एसिया कपमा फाइनलका लागि मात्र रिजर्भ डे राखिएको थियो ।
भारत र पाकिस्तानबीचको समूह चरणको खेल पनि वर्षाले प्रभावित बनेको थियो। सो खेलको पहिलो इनिङ मात्र सम्भव भएको थियो। त्यसपछि दुवै टिमले अंक बाँडेका थिए।