अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

वर्षाले रोकियो भारत र पाकिस्तानबीचको खेल

श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकिएको छ। पहिलो इनिङको खेलको २५औं ओभर चलिरहँदा भारी वर्षा भएपछि खेल रोकिएको हो।

टस हाररे पहिला ब्याटिङ गरेको भारतले वर्षाले खेल रोकिनुअघि २४.१ओभरमा् २ विकेटको क्षतिमा १४७ रन बनाएको छ। क्रिजमा केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि कप्तान रोहित शर्मा र शुभमन गिलले भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुई पहिलो विकेटका लागि १६.४ ओभरमा १२१ रनको शतकीय साझेदारी गरे।

पहिलो विकेटका रुपमा सादब खानको बलमा आउट हुनुअघि रोहितले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन बनाए। लगत्तै अर्को ओभरमा साहिन साह अफ्रिदीको बलमा आउट भएका गिलले ५२ बलमा १० चौका प्रहार गर्दै ५८ रन बनाए।

खेल वर्षाले आज हुन नसके भोलि रिजर्भ डेमा हुनेछ। श्रीलंकामा लगातार वर्ष भएपछि भारत र पाकिस्तान बीचको खेलमा रिजर्भ डे राखिएको हो।