भारत र दक्षिण अफ्रिकाबीचका सिरिज बन्द रंगशालामा

Read Time:1 Minute

भारत र दक्षिण अफ्रिकाबीचको क्रिकेट सिरिज बन्द रंगशालामा हुने भएको दर्शकबिना हुने भएको छ। दक्षिण अफ्रिकामा आयोजना हुने सिरिजमा दुवै देशका क्रिकेट बोर्डले खेलाडी र भ्रमणको सुरक्षाका लागि दर्शकलाई स्टेडियममा प्रवेश गर्न नदिइने जानकारी दिएको हो।

भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको टेस्ट सिरिज २६ डिसेम्बरबाट सुरु हुँदैछ। यो खेल सेन्चुरियनमा हुनेछ।

दक्षिण अफ्रिका क्रिकेट बोर्ड (सीएसए)ले भनेको छ, ‘आगामी भ्रमणका लागि टिकटहरू उपलब्ध हुने छैनन्। दुई क्रिकेट निकायहरूले खेलाडीहरूको सुरक्षा र भ्रमणको लागि संयुक्त निर्णय गरेका छन्।’

हालसम्म सीएसले खोप लगाइएका २००० दर्शकलाई स्टेडियममा गएर खेल हेर्न अनुमति दिइएको थियो। तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र सीएसएले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको खतरालाई ध्यानमा राख्दै सिरिजमा दर्शकलाई प्रवेश नदिने निर्णय गरेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साफ उपविजेता फुटबल टिमलाई सरकारको सम्मान
Next post यू–१९ टिमले फर्काउला त शाख?
Close