वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा भरतको क्लिनस्विप

Read Time:2 मिनेट

वेस्टइन्डिजविरुद्ध एकदिवसीय सिरिज भारतले क्लिनस्विप गरेको छ। युवा ओपनर शुभमन गिल र युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले हराउँदै सिरिज ३–०ले जितेको हो।

वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो। भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक ९८ रन बनाए। सतक बनाउन २ रनले चुकेका उनले ९८ बलमा ७ चौका र २ छक्कासहित नटआउट रहे। यस्तै अर्का ओपनर तथा कप्तान शिखर धवनले ५८ रनको अर्धसतकीय पारी खेले। उनले ७४ बलमा ७ चौका प्रहार गरे।

पहिलो विकेटका लागि गिल र धवनले २२।५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै श्रेयस ऐरले ४४ रन बनाउँदा सूर्यकुमार यादवले ८ रन जोडे। सन्जु सामसन ७ रनमा अभिजित रहे। वेस्टइन्डिजका हायडन वाल्श जुयिनरले सर्वाधिक दुई विकेट लिए।

पुन वर्षाको कारण वेस्टइन्डिले ३५ ओभरमा डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ५७ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्टइन्डिजले १ सय ३७ रन बनाउँदै २६ ओभरमा अल आउट भयो।

उसका लागि कप्तान निकोलस पुरन र ब्रेन्डन किंगले सर्वाधिक समान ४२–४२ रन बनाए। शाई होपले २२ रन बनाउँदा हाइडेन वाल्शले १० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । काइल मेयर्स, शम्राह ब्रुक्स र जाइडेन सियालेसले खाता खोल्न पाएनन्।

भारतका युजभेन्द्र चहलले सर्वाधिक चार विकेट लिए। यस्तै शार्दुल ठाकुर र मोहम्मद शिराजले समान दुई(दुई विकेट हात पारे।अक्षर पटेल र प्रसिद्ध कृष्णले १–१ विकेट लिए।

यसअघि पहिलो खेलमा तीन रनले जितेको भारतले दोस्रो खेलमा दुई विकेटको रोमाञ्जक जित निकालेको हो। भारत र वेस्टइन्डिजबीच अब पाँच टी २० आईको खेल हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–२० साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित
Next post कीर्तिमानी खेलमा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डको जित
Close