टि–२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले टि–२० विश्वकप २०२१ को तालिका सार्वजनिक गरेको छ। आईसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार दुई कट्टर प्रतिस्पर्धी मुलुक भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।

विश्वपकमा सुपर १२मा १२ टिम सहभागी हुने छन् । जसमा टि–२० वरियताका शीर्ष ८ टिम सिधै सुपर १२ मा पुग्ने छन भने ४ टिम छनोट भएर आउने छन्।

सुपर १२ लाई २ समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तना रहेका समूह बीमा अफगानिस्तान, न्युजिल्यान्ड तथा छनोटको समूह एको उपविजेता र समूह बीको विजेता रहेका छन् । यस्तै, समूह एमा इंग्ल्यानड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज तथा समूह एको विजेता र समूह बीको उपविजता रहने छन्।

छनोटमा ८ टिम हुने छन् । जसमा समूह एमा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह बीमा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन् । योबाट समूहका शीर्ष दुई टिम सुपर १२मा पुग्ने छन्।

भारतका आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाका कारण ओमान र युएईमा संयुक्त रुपमा अयोजना हुनेछ । टि–२० विश्वकप अक्टोबर १७ देखि नेभेम्बर १४ सम्म आयोजना हुनेछ।

Facebook Comments Box