दक्षिण अफ्रिकासँग टि–२० सिरिज खेल्न भारतको प्रस्ताव

भारतले दक्षिण अफ्रिकासँग टि–२० सिरिज खेल्ने प्रस्ताव गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले दक्षिण अफ्रिकासँग युएईमा टि–२० सिरिज खेल्ने प्रस्ताव गरेको हो ।

कोरोना भाइरसका कारण रोकिएको आईपिएल आगामी सेप्टेम्बरमा युएईमा हुने भएपछि बिसिसिआईले त्यसपछि दक्षिण अफ्रिकासँग टि–२० सिरिज खेल्नका लागि प्रस्ताव गरेको हो । यो सिरिज दुवै टिमका लागि कोरानो महमारीपछिको पहिलो सिरिज हुने छ ।

बिसिसिआईले दक्षिण अफ्रिकासँग कुरा भइरहेको र यसमा दक्षिण अफ्रिका सकारात्मक रहेको जनाएको छ । यो सिरिज आईपिएलका लागि वामअप पनि हुने छ ।

कोरोनाका कारण १३औं संस्करणको आईपिएल युएईमा हुने पक्का भइसकेको छ । आईसिसीले टि–२० विश्वकप एक वर्षपछि सारेसँगै आईपिएल युएईमा हुने पक्का भएको हो ।

बिसिसिआईले आईपिएलको औपचारिक मिति घोषणा नगरेपनि विभिन्न सञ्चार माध्यमहरुले सेप्टेम्बर २६ बाट नोभेम्बर ८ सम्म हुने उल्लेख गरेका छन् । आईपिएल युएईको दुबई, अबुधावी र शारजाहमा गर्ने तयारी बिसिसिआईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *