भारतले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज

Read Time:1 Minute

श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ। बिहीबार इडेन गार्डेनमा भएको दोस्रो खेलमा ४ विकोटको जित निकाल्दै भारतले सिरिज १ खेल अवागै जितेको हो।

इडेन गार्डेनमा पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २१६ रनको सामान्य लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि केल राहुलले सर्वाधिक ६४ रन बनाए। लागतार विकेट गएपछि सम्हालिएर खेलेका राहुलले १०३ बल खेल्दै ६ चौका प्रहार गरे।

यस्तै, हार्दिक पाण्ड्याले ३६, शुभमन गिल र अक्षर पटेलले समान २१ रनको योगदान दिए। श्रीलंकाका चमिका मरुणारत्ने र लहिरु कुमाराले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले ३९.४ ओभरमा अलआउट हुँदै २१५ रन मात्र बनाउन सक्यो । उसका लागि नुवानिन्दु फर्नान्डोले ५० रन बनाउँदा कुशल मेन्डिसले ३४ र दुनिथ वेलालागेले ३२ रनको योगदान दिए।

बलिङमा भारतका मोहम्मद सिराज र कुलदीप यादवले समान ३ विकेट लिए।

अन्तिम वान डे जनवरी १५मा तिरुवानथमपुरममा हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post भुटनिज क्लब बागमति गोल्डकपको सेमिफाइनलमा
Next post डेब्यूमै फेलिक्सले पाए रातो कार्ड, चेल्सी फुलहमसँग स्तब्ध
Close