आयरल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा

Read Time:1 Minute

भारत दक्षिण अफ्रिकामा जारी महिला टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा आयरल्यान्डमाथि ५ रनको जित निकाल्दै भारत सेमिफाइनलमा पुगेको हो।

भारतले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो । वर्षा निरन्तर भएपछि खेल डीएलएस मेथडमा गएको थियो । जसमा भारत भाग्यमानी बन्यो

आयरल्याण्डका लागि गाबी लुईस ३२ रनमा अविजित रहँदा कप्तान लाउरी डीलेनी १७ रनमा अविजित रहिन् । भारतका लागि रेनुका सिंहले १ विकेट लिईन् । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । भारतका लागि स्कृती मान्धनाले ५६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाइन् । शफाली बर्माले २४ रन बनाउँदा जिमिनि राड्रिगेजले १९ रन बनाइन् । 

आयरल्याण्डका लागि कप्तान लाउरी डिलेनीले ३ तथा ओर्ला प्रिनिर्गास्टले २ विकेट लिइन् ।

समूह बी बाट इंग्ल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको थियो । समूहको बिजेता उपबिजेताको टुंगो भने आजको इंग्ल्याण्ड र पाकिस्तानको खेल पछि लाग्नेछ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्कटल्यान्डसँग भिड्दै नेपाल, कीर्तिमान बनाउने अवसर
Next post स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सनको स्थानमा ललितलाई मौका
Close