गिलको कीर्तिमानी दोहोरो शतकमा भारतको रोमाञ्चक जित

Read Time:2 Minute

सुबमन लिगले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि भारतले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ। बुधबार हैदारावादमा भएको पहिलो एकदिवसीय खेलमा भारतले न्यूजिल्यान्डलाई १२ रनले हरायो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड माइकल ब्रेसवेलको शतकका बाबजुद अन्तिम ४ बल बाँकी छँदा ३३७ रनमा अलआउट भयो।

ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यस्तै, मिचेल सान्टनरले ४५ बलमा ५७ रन बनाउँदा फिल एलनले ३९ बलमा ४० रन बनाए।

मिचेल सान्टनार र माइकल ब्रेसवेलले १ सय ६२ रनको सानदार शतकीय साझेदारी गर्दै न्युजिल्यान्डलाई जितको सम्भावना कायमै राखेका थिए।

भारतका लागि मोहम्मद सिराजले ४ तथा शार्दुल ठाकुर र कुलदीप यादवले समान २ विकेट लिए।

त्यसअघि राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो।

भारतका लागि शुबमन गिलले सानदार दोहोरो शतकीय इनिङ खेले। १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रन बनाएका गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर बनेका छन्। उनी भारतका पाँचौं दोहोरो सतक प्रहार गर्ने खेलाडी हुन्।

अन्य भारतीय ब्याटरको भने प्रदर्शन राम्रो हुन सकेन। कप्तान रोहित शर्माले ३४ रन बनाउँदा सूर्यकुमार यादव ३१, हार्दिक पान्ड्या २८, वासिन्टन सुन्दर १२, विराट कोहली ८, ईशान किशन पाँच र शार्दुल ठाकुर ३ रनमा आउट भए।

न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरी शिफ्ले र डर्याल मिचेलले समान दुई विकेट लिए।

गिल बने दाेहाेराे शतक बनाउने पाँचौं भारतीय खेलाडी

Happy
Happy
40 %
Sad
Sad
0 %
Excited
Excited
40 %
Sleepy
Sleepy
20 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एपिएफलाई हराउँदै अयोजक वालिङ गोल्डकपको फाइनलमा
Next post क्रिस्टल प्यालेससँग रोकियो युनाइटेड, गुमायो दोस्रो स्थानमा उक्लने अवसर
Close