
एकखेल अगावै भारतले जित्यो न्युजिल्यान्डविरुद्धको सिरिज
न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ । शनिबार राइपुरमा भएको दोस्रो एकदिवसीयमा ८ विकेटको सहज जित निकाल्दै भारतले सिरिज १ खेल अगावै जितेको हो।
हैदरावादमा भएको पहिलो खेल भारतले १२ रनले जितेको थियो।
पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १०९ रनको झिनो लक्ष्य भारतले २ विकेटको क्षतिमा २०.१ ओभरमा भेट्टायो। उसका लागि कप्तान रोहित शर्माले ५१ रन बनाउँदा सुबमन गिलले ४० रन बनाए। न्युजिल्यान्डका हेनरी सिप्ली र मिचेल सान्टनरले समान १ विकेट लिए।
त्यसपछि भारतीय बलर चम्किँदा न्युजिल्यान्ड ३४.३ ओभरमा १०८ रनमै अलआउट भयो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाउँदा मिचेल ब्रेसवेलले २२ र सान्टनरले २७ रन बनाए। अन्यले दोहारो अंकमा स्कोर बनाउन सकेनन्।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सामीले ६ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने हार्दिक पाण्ड्या र वासिङटन सुन्दरले समान २ विकेट लिए।