न्युजिल्यान्ड ६२ रनमै अलआउट, दोस्रो टेस्टमा भारत बलियो

Read Time:1 Minute

मुम्बईमा जारी भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा न्युजिल्यान्ड ६२ रनमै अलआउट भएको छ । भारतलाई ३२५ रनमा अलआउट गर्दै आफ्नो इनिङ सुरु गरेको न्युजिल्यान्ड २८.१ ओभरमा ६२ रनमै अलआउट भयो।

न्युजिल्यान्डका २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका कायल जेमिन्सनले १७ र कप्तान टम लाथमले १० रन बनाए । न्युजिल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा भारतका रविचन्द्रन आविश्वन ४, मोहम्मद सिराजले ३ तथा अक्षर पटेलले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको भारतले मायंक अग्रवालको शतक मद्दतमा ३२५ रन बनाए । उत्कृष्ट इनिङ खेलेका अग्रवालले ३३१ बल खेल्दै १७ चौका र ४ चौकाको मद्दतमा १५० रन बनाए । यस्तै, अक्षर पटेलले ५२ र सुभमन गिलले ४४ रनको योगदान दिए ।

भारतका सबै १० विकेट न्युजिल्यान्डका अजाज पटेलले लिए। उनले ४७.५ ओभरमा ११९ रन खर्चिए ।

न्युजिल्यान्डलाई ६२ रनमै अलआउट गरेपछि दोस्रो इनिङ थालेको भारतले तेस्रो दिनको खेलसकिँदा विनाक्षति ६९ बनाएको छ। उसले समग्रमा ३३२ रनको बनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली क्रिकेटर सीताले हङकङमा क्रिकेट खेल्ने
Next post वेस्टह्यामसँग हार्‍यो चेल्सी, सिटी शीर्ष स्थानमा
Close