दुई महारथीबीचको प्रतिष्ठित भिडन्त

एकदिवसीय विश्वकप क्रिकेटको १२औं संस्करण अहिले इंग्ल्यान्ड र वेल्समा जारी छ । विश्वकपअन्तर्गत आइतबार विश्व क्रिकेटका दुई महारथी देश अस्ट्रेलिया र भारत भिड्दै छन् ।

विश्वकप क्रिकेटका सबैभन्दा ठूला दाबेदार दुई देश अस्ट्रेलिया र भारतबीचको खेल लन्डनमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुने छ । दुई महारथीबीचको यो प्रतिष्ठित भिडन्तलाई धेरैले रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् । भारत र अस्ट्रेलिया दुवै खेल जित्दै प्रतियोगितमा अपराजित रहने दाउमा छन् ।

प्रतियोगितामा दुवैले सुखद् सुरुवात गरेका छन् । अस्ट्रेलियाले २ खेल खेल्दा भारतले १ खेल मात्र खेलेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तालाई पराजित गरेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यता भारतले भने दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

भारतका लागि अस्ट्रेलियाका डेभिड वार्नर, स्टिभ स्मिथ ब्याटिङमा र मिचेल स्टार्क र एडम जम्पा बलिङमा टाउको दुखाई बन्न सन्छन् । यता, अस्ट्रेलियाका लागि रोहित शर्मा, विराट कोहली, महेन्द्रसिंह धोनी, जस्प्रित बुमराह र युजभेन्द्र चहल घातक बन्न सक्छन् ।

वतर्मान समयमा अस्ट्रेलियाभन्दा भारत केही बलियो देखिएको छ । ओडिआई ¥याकिङमा भारत दोस्रो स्थानमा छ भने अस्ट्रेलिया पाचौं स्थानमा छ । तर, विश्वकप क्रिकेटमा भने अस्ट्रेलिया प्रदर्शन सधैं राम्रो हुने गरेको छ ।

अघिल्लो वर्ष बल टेम्परिङमा परेर कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर प्रतिबन्धमा प्रतिबन्धमा परेपछि अस्ट्रेलियाको प्रदर्शन खस्किएको थियो । तर, यसै विश्वकपबाटै स्मिथ र वार्नर दुवै टिममा फर्किसकेकाले अस्ट्रेलियाको मनोबल उच्च छ ।

यता, भारत भने पछिल्लो समय उत्कृष्ट फर्ममा छ । त्यसैले भारत विश्वकप उपाधिको सबैभन्दा बलियो दाबेदार हो । एकदिवसीय क्रिकेटका नम्बर एक ब्याट्सम्यान विराट कोहली र नम्बर एक बलर जस्प्रित बुमराहको साथ रहेकाले पनि भारत बलियो छ ।

यी दुई बीचको आंकडा हेर्दा भने अस्ट्रेलिया बलियो छ । एकदिवसीय क्रिकेटमा भारत र अस्ट्रेलिया १३६ पटक भिडेका छन् । जसमा अस्ट्रेलियाले ७७ खेल जित्दा भारतले ४९ खेल आफ्नो पक्षामा परेको छ ।

विश्वकप क्रिकेटमा पनि अस्ट्रेलिया नै बलियो दखिएको छ । विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलिया अहिललेसम्म ११ पटक भिडेका छन् । ती मध्ये ८ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने भारतले ३ खेलमात्र जितेको छ ।

विश्वकप क्रिकेट उपाधिको सदाबाहार दाबेदार अस्ट्रेलिया सर्वाधिक उपाधि जित्ने टिम हो । उसले ५ पकक उपाधि जितेको छ । भारतले २ पटकमात्र विश्वकप उपाधि जितेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.