भारतमा माथि इंग्ल्यान्डको सानदार जित

टि–२० सिरिजनको पहिलो खेलमा इंग्ल्यान्डले घरेलु टोली भारतमाथि सानदार जित निकालेको छ। शुक्रबार राति अहमदावादस्थित नरेन्द्र मोदी रंगशालमा भएको खेलमा कमजोर ब्याटिङ गरेको भारतमाथि इंग्लयन्डले ८ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले १५.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका लागि जासोन रोएले ४९ र जोस बट्लरले २८ रन बनाए भने डेविड मालान २४ र जोनी बेइस्टो २६ रनको योगदान दिए । भारतका युजभेन्द्र चाहाल र वासिङ्टन सुन्दरले एक–एक विकेट लिए।

यसअघि पहला ब्याटिङ गरेको भारतले टप अर्डर ब्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो । उसका सुरुवाती तीन ब्याट्सम्यान २० रन बनाउन आउट भएका थिए। शिखर धवन ४, केएल राहुल १ र कप्तान विराट कोहली शुन्य रनमा आउट भए ।

भारतका लागि श्रेयस ऐरले सर्वाधिक ६७ रन बनाए । उनले ४७ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे। यस्तै, ऋषव पन्तले २१ र हार्दिक पाण्ड्याले १९ रनको योगदान दिए । भारतलाई कम योगफलमा रोक्ने क्रममा जोफ्रा आर्चारले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए। यस्तै, अदिल रसिद, मार्क उड, बेन स्टोक्स र क्रिस जोर्डनले समान एक विकेट लिए।

यी दुईबीचको दोस्रो टि–२० आइतबार अहमदावादमै हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.