दुई दिनमै सकियो अहमदावाद टेस्ट, ठूलो मैदानमा भारतको ठूलो जित

विश्वकै सबैभन्दा ठूलो रंगशाला अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको पहिलो डे–नाइट टेस्टमा भारतले ठूलो जित निकलोको छ । दुई दिनमै सकिएको टेस्टमा भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो ।

योसँगै भारतले सिरिजमा २–१को अग्रता बनाएको छ भने विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष स्थानमा पनि पुगेको छ। अब भारतले अन्तिम टेस्ट हारे पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने पक्का भएको छ । यता, इंग्ल्यान्ड भने फाइलन पुग्न असफल भएको छ।

स्पिनर चम्केको यस टेष्टमा भारतले इंग्ल्याण्डले दिएको जम्मा ४९ रनको लक्ष्य विना क्षति ७.४ ओभर खेल्दै गर्दै दोस्रो दिनमै टेष्ट जितेको हो । रोहित शर्माले अविजित २५ रन बनाए । यस्तै शुभमन गिलले अविजित १५ रन योगदान गरे ।

दोस्रो दिन भारतले ९९र३ बाट खेल अघि बढाएको थियो । इंग्ल्याण्डका कप्तान जोय रुटले ५ विकेट लिएपछि भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो र ३३ रनको सामान्य अग्रता बनाएको थियो ।

तर भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गरेपछि इंग्ल्याण्ड दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भयो र भारतले ४९ रनको लक्ष्य पाएको हो ।

अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा पटेल र आश्विन मिलेर ९ विकेट लिएका हुन् । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक २५, कप्तान जोय रुटले १९ र ओली पोपले १२ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

भारतका लागि अक्सर पटेलले ५ र आश्विनले ४ विकेट लिए । यस्तै वासिङ्गटन सुन्दरले १ विकेट लिए । त्यसअघि बिहीबार इंग्लिस कप्तान जोय रुटले ५ र ज्याक लिचले ४ विकेट लिएर भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.