अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

कोहली र राहुलको शतकमा भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

एसिया कप क्रिकेटको सुपर फोरको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको ठूलो लक्ष्य दिएको छ। विराटन कोहली र केएल राहुलले शतक प्रहार गरेपछि भारतले निर्धारित ओभरमा २ विकेट गुमाउँदै ३५६ रन बनायो।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै १२२ रनमा नटआउट रहे। कोहलीको ४७औं एकदिवसीय शतक हो। कोहली अब एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको रेकर्डबाट २ शतक मात्र टाढा छन्। सचिनले ४९ शतक बनाएका छन्।

प्रेमदासा रंगशालामा कोहलीले चारै खेलमा शतक प्रहार गरेका छन्। उलने यसअघि यो मैदानमा श्रीलंकाविरुद्ध खेलका तीनै खेलमा शतक बनाएका थिए। यो सँगै कोहली एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन्। उनले २७८ खेलमा यो उपलब्धि हाँसिल गरेका हुन्।

यस्तै, चोटका कारण लामो समयपछि मैदान फर्किएका केएल राहुलले पहिलो खेलमै शानदार शतक बनाए।

पाकिस्तानविरुद्ध अन्तिम समय श्रेयस ऐयर घाइते भएपछि मौका पाएका राहुलले १०६ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १११ रन बनाए। एकदिवसीय क्रिकेटमा राहुलको यो छैठाैं शतक हो। उनले भारतका लागि ५४ खेल खेलेका छन्।

कोहली र राहुलले पाकिस्तानविरुद्ध तेस्रो विकेटका लागि विराट कोहलीसँग २३३ रनको कीर्तिमानी साझेदारी गरेका थिए। यो एसिया कपमा भारतका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो।

त्यसअघि पहिला भारतलाई कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। गिलले ५१ बलमा १० चौका प्रहार गर्दै ५८ रन बनाए भने रोहितले ४९ बलमा ६ चौका र ४ छक्का मद्दतमा ४६ रन बनाए।

पाकिस्तानका लागि सादब खान र साहिन साह अफ्रिदीले समान १ विकेट लिए। आइतबर वर्षाले रोकिएको खेल सोमबार पुनः खेलिएको हो।