आइतबार श्रीलंकाको कोलम्बोमा भारी वर्षा भएपछि बीचमै रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ। एसिया कपको सुपर फोरको खेल कोलम्बोस्थित प्रेमदासा स्टेडियममा भएको खेलको पहिलो इनिङको २५औं ओभर चलिरहँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो।
त्यही अवस्थाबाट आज सुरु हुनेछ। श्रीलंकामा भारी वर्ष भएपछि एसिसीले भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डेको राखेको थियो।
आइतबार टस हाररे पहिला ब्याटिङ गरेको भारतले वर्षाले खेल रोकिनुअघि २४.१ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। क्रिजमा केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि कप्तान रोहित शर्मा र शुभमन गिलले भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुई पहिलो विकेटका लागि १६.४ ओभरमा १२१ रनको शतकीय साझेदारी गरे।
पहिलो विकेटका रुपमा सादब खानको बलमा आउट हुनुअघि रोहितले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन बनाएका थिए। लगत्तै अर्को ओभरमा साहिन साह अफ्रिदीको बलमा आउट भएका गिलले ५२ बलमा १० चौका प्रहार गर्दै ५८ रनका थिए।