सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रदर्शन

इंग्ल्यान्डामा भएको एकदिवसीय विश्वकपको सेमिफानललाई छाड्ने हो भने भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१९ मा उत्कृष्ट प्रदर्शन ग¥यो । सोही प्रदर्शनका कारण भारत आईसिसीको ¥याङकिङमा टेस्टमा पहिलो, ओडिआईमा दोस्रो र टि–२०मा पाचौं स्थानमा छ ।

भारतले सन् २०१९ मा कुल ५१ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा ३४ खेल भारतले जितेको छ भने १५ खेल पराजित हुँदा १ बारबरीमा सकिँदा १ खेल अनिर्णित बनेको छ । एकदिवसीय र टि–२० मा भन्दा यो भारतले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन ग¥यो । यो वर्ष भारत टेस्टमा अपराजित भयो ।

व्यक्तिगत रुपमा यो वर्ष भारतीय खेलाडीले उत्कृष्ट पदर्शन गरे । भारतीय टिमको ब्याटिङ वर्षभरि कप्तान विराट कोहली, रोहित शर्मा तथा मायंक अग्रवालकै वरिपरि घुम्यो । यता, बलिङमा जस्प्रित बुमराह, दीपक चहर, युजभेन्द्र चहल र इशान्त शर्मा यो वर्ष चर्चामा रहे ।

टेस्ट : वर्षभर अपराजित यात्रा

टेस्ट क्रिकेटमा भारत यो वर्ष अपराजित रह्यो । सन् २०१९ मा भारतले ७ म्याच खेल्दा ६ मा जित निकाल्यो भने १ टेस्ट बराबरीमा सकिएको थियो । भारतले वेस्टइन्डिज, बंगलादेश र दक्षिण अफ्रिकासँग गरी ३ सिरिज खल्यो । जसम भारतले वेस्टइन्डिजलाई उसकै मैदानमा २–०ले हरायो भने घरमा दक्षिण अफ्रिकालाई ३–० र बंगललादेशलाई २–०ले हरायो ।

खेल : ७ (६ जित, १ ड्र)
सर्वाधिक रन : मयंक अग्रवाल (७५४)
उच्च स्कोर : विराट कोहली (२५४ नटआउट)
सर्वाधिक विकेट : मोहम्मद सामी (३३)
उत्कृष्ट बलिङ : रविन्द्रन आश्विन (७÷१४५)
ठूलो जित : १ पारी र २०२ रन (दक्षिण अफ्रिका, राँची)
डेब्यू खेलाडी : साहबाज नदीम

एकदिवसीय : विश्वकप सेमिफाइनलमा नमीठो हार, समग्रमा उत्कृष्ट प्रदर्शन

इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकप सेमिफाइलको हारलाई छाड्ने हो भने भारतले सन् २०१९ मा एकदिवसीय क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । विश्वकप सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग अप्रत्यासित रुपमा १८ रनले पराजित भएको थियो । भारतीय कप्तान विराट कोहलीले भनेका छन्, ‘विश्वकप सेमिफाइलनको त्यो ३०लाई छाड्दा भारतले वर्षभरि कमालको प्रदर्शन गरेको छ ।’

गतवर्ष भारतले अस्ट्रेलियालाई उसकै मैदानमा २–१ले हराउँदै वानडे सिरिज जितेको थियो भने न्युजिल्यान्डविरुद्ध सिरिज ४–१ले जितेको थियो । यता, घरेलु मैदानमै भने भारतले अस्ट्रेलियाविरुद्धको सरिज २–३ले गुमायो । यस्तै भारतले वेस्टइन्डिजविरुद्धका २ एकदिवसीय सिरिज जित्यो । वर्षभरि उत्कृष्ट प्रदर्शन गरेको भारत एकदिवसीय वरियतामा दोस्रो स्थानमा छ ।

व्यक्तिगत रुपमा पनि भारतीय खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । भारतका रोहित शर्मा र विराट कोहली सन् २०१९ मा वानडेमा सर्वाधिक रन बनाउने सूचीमा पहिलो र दोस्रो स्थानमा छन् । रोहितले ७ शतक र ६ अर्धशतकसहित कुल १४९० र बनाएका थिए भने कोहलीले १३७७ रन बनाएका थिए । बलिङमा जस्प्रित बुमराह र मोहम्मद सामीले वर्षभरि उत्कृष्ट प्रदर्शन गरे ।

खेल : २८ (१९ जित, ८ हार, १ नतिजाबिहीन)
सर्वाधिक रन : रोहित शर्मा (१४९०)
उच्च स्कोर : रोहित शर्मा (१४९)
सर्वाधिक विकेट : मोहम्मद सामी (४२)
उत्कृष्ट बलिङ : युजवेन्द्र चहल (६÷४२)
ठूलो जित : १२५ रन (वेस्टइन्डिज, म्यान्चेस्टर)
डेब्यू खेलाडी : मोहम्मद सिराज, विजय शंकर, शुभमन गिल, शिवम दुवे, नवदीप सैनी

टि–२० : विश्वकपको राम्रो तयारी

टेस्ट र एकदिवसीयमा जस्तै टि–२० क्रिकेटमा सन् २०१९ भारतका लागि सफल रह्यो । वर्षको सुरुवातमा भातरले न्युजिल्यान्ड र अस्ट्रेलियासँग टि–२० सिरिज गुमायो । तर, त्यसपछि भारतले राम्रो कमब्याक ग¥यो । त्य । भारतले वेस्टइन्डिजलाई उसकै घरमा ३–०ले हरायो भने दक्षिण अफ्रिकाविरुद्धको सिरिज १–१ को बराबरीमा सकियो । बंगलादेश र वेस्टइन्डिजविरुद्धको सिरिज समान २–१ ले जित्यो । योसँगै भारतले घरमै आगमी वर्ष अयोजना हुने टि–२० विश्वकपको राम्रो तयारी ग¥यो ।

खेल : १६ (९ जित, ७ हार )
सर्वाधिक रन : विराट कोहली (४६६)
उच्च स्कोर : विराट कोहली (९४ नटआउट)
सर्वाधिक विकेट : दीपक चहर (१६)
उत्कृष्ट बलिङ : दीपक चहर (६÷७)
ठूलो जित : ८ रन (बंगलादेश, राजकोट)
डेब्यू खेलाडी : शिवम दुवे, नवदीप सैनी, राहुल चहर, मयंक मार्कन्डेय

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *