भारतीय क्रिकेट टिमको प्रशिक्षण जुलाईबाट हुने

कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय क्रिकेट टिमको प्रशिक्षण जुलाईबाट सुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) खेलाडीको कोरोना परीक्षण पछि जुलाईबाट प्रशिक्षण् थाल्ने तयारी गरेका हो ।

६ सातासम्म खेलाडीको स्वास्थ्य परिक्षण गरेपछि मात्र प्रशिक्षण सुरु गर्ने तयारी बिसिसिआईको छ । कोरोना भाइरसको महामारीपछि सुरु हुने प्रशिक्षणमा पूर्वकप्तान धोनीलाई भने नबोलाइने बताइएको छ ।

गतवर्ष इंग्ल्यान्डमा भएको विश्वकपपछि टिम बाहिर रहेका धोनीको राष्ट्रिय टिमको भविष्यलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । धोनीका विषयमा विभिन्न पूर्व खेलाडीले विभिन्न धारणा बनाएका छन् ।

पूर्वक्रिकेटर हरभजन सिंहले क्याम्पमा सूर्यकुमार यादव, यशस्वी जैसवालजस्ता युवा खेलाडीलाई मौका दिनुपर्ने बताएका छन् । यता पूर्वमुख्य छनौटकर्ता एमएसके प्रसादले टी–२० विश्वकप हुने भएमा धोनीलाई क्याम्पमा राख्नुपर्ने धारणा राखेका छन् ।

यस्तै पूर्व भारतीय खेलाडी दीप दासगुप्ताले पनि लामो समय चल्ने क्याम्पमा धोनीलाई राखेमा युवा विकेटकिपरका लागि धेरै सिक्ने अवसर हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP