नायकले भारतीय क्रिकेटसँगको सम्झौता तोड्न सक्ने

खेदकुद सामाग्री उत्पादक कम्पनी नाइकले भारतीय क्रिकेटसँगको सम्झौता तोड्न सक्ने भएको छ । कोरोना भाइरसको महामारीका कम्पनीलाई ठूलो नोक्सानी भएपछि नाइक भारतीय क्रिकेट टिमसँगको सम्झौता रद्द गर्ने नजिक पुगेको हो ।

नाइकले १४ वर्षदेखि भारतीय क्रिकेट टिमको जर्सी प्रायोजन गरिरहेको छ । भारतीय क्रिकेट टिमले नाइककै लोगो अंकित जर्सी प्रयोग गरिरहेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड पनि जर्सी प्रायोजकबाट नाइकलाई हटाउने पक्षमा रहेको बताइएको छ । नाइकसँग सम्झौताका विवाद भएपछि बिसिसिआई नाइकलाई हटाउने पक्षमा रहेको बताइएको छ । नाइक र बिसिसिआईबीचको सम्झौता डिसेम्बरमा सकिँदैछ ।

लकडाउनका कारण तीन महिनादेखि अन्तर्राष्ट्रिय क्रिकेट बन्द छ । क्रिकेट बन्द हुँदा कम्पनीलाई नोक्सान भएको भन्दै सो अवधि जति सम्झौता थप्न पक्षमा नाइक छ । सोही विषयामा बिसिसिआई र नाइकबीच विदाद भएको बताइएको छ ।

नाइकले पछिल्लो ४ वर्षको प्रयोजनका लागि बिसिसिआईलाई ३७० करोड दिएको थियो । यसमा ८५ लाख प्रतिम्याच फि र १२–१५ करोड रोयल्टी थियो । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउने भारतीय टिमको १२ अन्तर्राष्ट्रिय म्याच रद्द भएको छ । जसमा दक्षिण अफ्रिका, श्रीलंका र जिम्बाबेविरुद्ध सिरिज सामेल छ ।

सम्झौता अनुसार नाइकले भारतीय टिमलाई जर्सी, जुत्ता लगायतका अन्य सामग्रीहरु सित्तैमा उपलब्ध गराउँछ । यो सम्झौता पहिलो पटक सन् २००६ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP