शार्दुल ठाकुरको स्थानमा भारतीय टिममा कसले पाउँछ मौका ?

Read Time:1 Minute

भारतीय फास्ट बलर शार्दुल ठाकुरले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन्। चोटका कारण बिहीबारबाट लड्समा सुरु हुने दोस्रो टेस्ट शार्दुलले गुमाउने भएका हुन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीअई) बुधबार मात्र शार्दुल दोस्रो टेस्टमा उपलब्ध नहुने जनाएको हो। ‘शार्दुलले दोस्रो टेस्ट गुमाउने छन्, उनी तेस्रो टेस्ट अघि फिट हुने अपेक्षा छ । उनलाई अभ्यासका क्रममा ह्यामिस्ट्रङ समस्या देखिएको छ,’ भारतीय कप्तान विराट कोहलीले पोस्ट म्यान्फ्रेन्समा भने ।

शार्दुल घाइते भएपछि भारतीय टिममा कसले मौका पाउँछ ? पोस्ट म्याच कन्फ्रेन्समा सोधिएको प्रश्नको जावाफ दिँदै कप्तान कोहलीले भने, ‘जसले २० विकेट लिन सहयोग गर्न उसैले मैका पाउँछ।’

घाइते शार्दुलको स्थानमा अफ स्पिनर रविचन्द्रन आविश्वन, भेट्रान फास्ट बलर इशान्त शर्मा र उमेश यादव मध्ये एकले मौका पाउने छन्। त्यसमा पनि आविश्वनको सम्भावना केही बढी छ। शादुर्लले आविश्वकै स्थानमा फास्ट बलिङ अलराउन्डरका रुपमा टिममा मौका पाएका थिए। आश्विन विकेटटेकर बलर भएकाले पनि आविश्वनले दोस्रो टेस्टमा मौका पाउन सक्छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ‘जापानिज मेसी’ यो सिजन लोनमै
Next post केपा चम्किँदा चेल्सीले जित्यो सुपरकप
Close