टि–२० विश्वकपका लागि भातीय टिम: आविश्वनको पुनरागमन, धवन र चलह परेनन्

आसन्न टि–२० विश्वकपका लागि भारतीय टिमको घोषणा भएको छ। आगामी अक्टोबरमा युएई र ओमानमा हुने विश्वकपका लागि बिसिसीआईले बुधबार १५ सदस्यीय टिम घोषणा गरेको हो।

अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विनले ४ वर्षपछि लिमिटेड ओभर क्रिकेटमा भारतीय टिममा स्थान बनाएका छन् । वासिङ्टन सुन्दर अघिल्लो साता मात्र घाइते भएपति उनकै स्थानमा बिसिसीआईले आविश्वनलाई मौका दिएको हो।

यता, दुई महिनामा मात्र श्रीलंका भ्रमणमा भारतीय टिमको नेतृत्व गरेका शिखर धवन र स्पिनर युजभेन्द्र चालह भने टिममा पर्न असफल भएका छन्। यस्तै, टि–२० क्रिकेटमा राम्रो प्रदर्शन गरिहेका दीपक चहर पनि टिम बाहिरै रहेका छन्।

श्रीलंका भ्रममणमा रहेका वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, अक्षर पटेल र राहल चहर टिममा परेका छन्। यस्तै, वरुण, अक्षर पटेल, चहर, सूर्यकुमार यादव र इशान किशन पहिलो पटक टि–२० विश्वकप टिममा परेका हुन्।

भारतीय टिममा फास्ट बलरमा रुपमा जस्प्रित बुमराह, मोहम्मद सामी र भुवनेशव कुमार छन्। यस्तै फास्ट बलिङ अलराउण्डरका रुपमा हार्दिक पाण्ड्या छन्। यस्तै, स्पिनरका रुपमा आश्विनसँगै राहुल चहर, रविन्द्र जडेजा, अक्षर पटेल छन्।

यस्तै बिसिसीआईले वैकल्पिक खेलाडीका रुपमा श्रेयस ऐयर, दीपक चाहर र शार्दुल ठाकुर छन्।

भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, ऋषव पन्त, इशन किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन आविश्वन, अक्षर पटेल, रविन्द्र जडेजा, वरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनश्वर कुमार र मोहम्मद सामी छन्।

Facebook Comments Box