अन्तरविद्यालय इन्डोर क्रिकेटको उपाधिका लागि वाई प्वाइटिङ र पशुपति फाइनलमा

Read Time:1 मिनेट

इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको उपाधिका लागि वाई प्वाइटिङ र पशुपति स्कुल भिड्ने भएका छन्।

बुधबार भएको भएको पहिलो सेमिफाइनलमा पशुपतिले लिटील पीस हेभनलाई १ विकेटले पराजित ग¥यो भने दोस्रो सेमिफाइनलमा वाई प्वाइटिङले ग्रिन पीसलाई २६ रनले हरायो।

यसअघि बुधबार नै भएको लिग चरणको खेलमा वाई प्वाइटिङले मकालु, पशुपतिले एसओएस, लर्ड बुद्धले सुनसरी कृष्टल, स्केयर हर्टले माउन्ट मकालु र एसओएसले लर्ड बुद्धलाई पराजित गरेको थियो ।

सोमबारबाट सुरु भएको प्रतियोगिता बिहीबार सकिनेछ । प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने तथा उत्कृष्ट ३५ खेलाडीहरुले इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण पाउने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० वरीयता : दीपेन्द्र उक्लिए, सन्दीप र कुशल यथावत, आसिफ र अविनाश तल झरे
Next post कतार विश्वकप एक दिन अघि सार्ने तयारी
Close