न्युजिल्यान्डले जित्यो इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज

इंग्ल्यान्डविरुद्धको २ खेलको टेस्ट सिरिज न्युजिल्यान्डले १–०ले जितेको छ । दोस्रो टेस्टमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले सिरिज १–०ले जितेको छ।

चौथो दिन ३८ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाउँदै भेट्टायो । उसका लथान २३ रन बनाएर नटआउट रहे भने विल योङले८ र डेभोन कन्वेले ३ रन बनाए। इंग्ल्यान्डका स्टुआर्ड ब्रोड र ओली स्टोनले विकेट लिए।

१२२–९को अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको इंग्ल्यान्ड एक रन पनि थप्न सकेन । चोथो दिनके पहिलो बलमै ट्रेन्ट बोल्टले स्टोनलाई आउट गरेका थिए । इंग्ल्यान्डका मार्क उडले सर्वाधिक २९ रन बनाउँदा ओली पोपले २३ रनको योगदान दिए । इंग्ल्यान्डको इनिङ धरासायी बनाउने क्रममा म्याट हेनरी र नेल वेगनरले तीन–तीन विकेट लिएका छन् । यस्तै एजाज पटेल र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए।

यसअघि इंग्ल्यान्डले को पहिलो इनिङ्स ३ सय ३ रनमा टुंगिएको थियो । उसका डान लावरेन्स ८१ रन बनाई अविजित रहे । उसका लागि रोरी बुर्नसले ८१ रन नै बनाउँदा मार्क उडले ४१ रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ र म्याट हेनरीले ३ विकेट लिए ।

न्युजिल्यानडले पहिलो इनिङमा ३८८ रन बनाएको थियो । उसका विल योङले सर्वाधिक ८२ रन बनाउँदा ओपनर डेभोन कोन्वे र रोस टेलरले समान ८० रन बनाए । इंग्ल्यान्डका स्टुआर्ड ब्रोडले ४ तथा जो रुट र मार्क उडले समान २ विकेट लिए।

Facebook Comments Box