न्युजिल्यान्डविरुद्ध दोस्रो टेस्टमा इंग्ल्यान्ड हार नजिक

न्युजिल्यान्डविरुद्धको दोस्रो तथा निर्णायक टेस्टमा इंग्ल्यान्ड ठूलो अन्तरको हारको संघारमा पुगेको छ । टेस्टको तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले नौ विकेट गुमाएर १ सय २२ रन मात्र बनाएको छ ।

खराब ब्याटिङ गरेको इंग्ल्यान्ड न्युजिल्यान्डभन्दा ३७ रनले मात्र अगाडि छ । उसको एक विकेट मात्र बाँकी छ । यस्तोमा इंग्ल्यान्ड यो टेस्टमा पराजित भएर सिरिज नै गुमाउने स्थितिमा पुगेको हो ।

इंग्ल्यान्डका मार्क उडले सर्वाधिक २९ रन बनाउँदा ओली पोपले २३ रनको योगदान दिए । ओली स्टोन १५ र जेम्स एन्डर शुन्य रन बनाएर क्रिजमा छन् । इंग्ल्यान्डको इनिङ धरासायी बनाउने क्रममा म्याट हेनरी र नेल वेगनरले तीनतीन विकेट लिएका छन् । यस्तै एजाज पटेलले दुई विकेट हात पारे।

यसअघि २५८–७ बाट शुक्रबार खेल थालेको इंग्ल्यान्डको पहिलो इनिङ्स ३ सय ३ रनमा टुंगिएको थियो । लावरेन्स ८१ रन बनाई अविजित रहे । उसका लागि रोरी बुर्नसले ८१ रन नै बनाउँदा मार्क उडले ४१ रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ र म्याट हेनरीले ३ विकेट लिए ।

न्युजिल्यानडले पहिलो इनिङमा ३८८ रन बनाएको थियो । उसका विल योङले सर्वाधिक ८२ रन बनाउँदा ओपनर डेभोन कोन्वे र रोस टेलरले समान ८० रन बनाए । इंग्ल्यान्डका स्टुआर्ड ब्रोडले ४ तथा जो रुट र मार्क उडले समान २ विकेट लिए।

Facebook Comments Box