ओडिआईमा कोहलीको ३९ औं शतक, भारत ६ विकेट विजयी

भारतीय कप्तान विराट कोहलीले एकदिवसीय खेलमा ३९ औं शतक प्रहार गरेपछि एडिलेडमा भएको अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत ६ विकेटले विजयी भएको छ ।

पहिलो एक दिवसीय खेलमा ३ रनमा पभेलियन फर्केको कोहलीले एडिलेडमा उत्कृष्ट ब्याटिङ गर्दै १ सय ४ को शतकीय इनिङ खेले । उनले १ सय १२ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।

सन् २०१९ को पहिलो शतक प्रहार गरेका कोहलीको समग्रमा अस्ट्रेलियाविरुद्धको ११ औं शतक बनाएका छन् । अस्ट्रेलियाविरुद्ध ओडिआईमा ६ शतक प्रहार गरेका कोहलीले अष्ट्रेलियामै ३ शतक बनाएका छन् ।

पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदै ४ विकेट गुमाउँदै भेट्टायो । भारतलाई जित दिलाउने क्रममा कप्तान कोहली, ओपनर रोहित शर्मा र विकेटकिपर ब्याट्सम्यास महेन्द्रसिंह धोनी उत्कृष्ट ब्याटिङ गरे । धोली ५४ बलमा ५५ रन बनाएर नटआउट रहे भने रोहितले ४३ रनको योगदान दिए ।

भारतको जितमा ५ साझेदारी महत्वपूर्ण रह्यो । पहिलो विकेटका लागि रोहित र शिखर धवनले ४७ रनको साझेदारी गर्दै भारतलाई सुखद सुरुवात दिलाए । धनव ३२ रन बनाएर आउट भए । यस्तै तेस्रो विकेटका लागि कप्तान कोहली र रोहित शर्माले ५४ रनको साझेदारी गरे ।

रोहित ४३ रनमा आउट भएपछि क्रिजमा आएका अम्बाती रायाडुले कोहलीसँग तेस्रो विकेटक लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतलाई जिततर्फ अग्रसर गराए । रायाडु २४ रन बनाएर आउट भए ।

यसैगरी चौथो विकेटका लागि कोहली र धोनीले ८२ रनको उत्कृष्ट साझेदारी गरे । पाचौं नम्बरमा ब्याटिङका लागि दिनेश कार्तिकले धोनीसँग नटआउट ५७ रनको साझेदारी गर्दै भारतलाई जित दिलाए । यो जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज १–१ को बरारबरीमा ल्याएको छ ।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, जेसन ब्रेनडोफ र जोइ रिचर्डसनले समान १ विकेट लिए ।

यसअघि एडिलेड ओभलका टस टितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले शन मार्सको शतकको मद्दतमा निर्धातिर ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । चौथो नम्बरमा ब्याटिङक लागि आएका मार्सले धर्मराएको अस्ट्रेलियाको इनिङ सम्हाल्दै १ सय ३१ रनको उत्कृष्ट इनिङ खेले ।

भुवनेश्वर कुमारको बलमा रविन्द्र जडेजाबाट क्याच आउट हुनुअघि मार्सले १ सय २३ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले ३७ बलमा ४८ रन बनाए भने मार्कस स्टोइनिसले २९, उस्मान खवाजाले २१ र पिटर ह्यान्ड्सकोम्बले २० रनको योगदान दिए ।

२६ रन बनाउँदा २ विकेट गएपछि धर्मराएको अस्ट्रेलियाको इनिङ सम्हालेका मार्सले ४ अर्धशतकीय साझेदारी गरे । उनले खवाजासँग तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि ह्यान्ड्सकोम्बसँग ५२ रनको साझेदारी गरे ।

यस्तै मार्सले पाचौं विकेटका लागि स्टोइनिसँगे ५५ रनको साझेदारी गरे भने उनले छैठौं विकेटका लागि म्याक्सवेलसँग ९४ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ लगेका थिए ।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए भने महोम्मद सामीले ३ तथा रविन्द्र जडेजाले १ विकेट लिए । १० ओभर बलिङ गरेका कुमारले ४५ रन खर्चिए । भारतले खेलमा ५ बलरलाईमात्र प्रयोग गरेको थियो ।

भारत र अस्ट्रेलियाबीचाको अन्तिम तथा निर्णायक ओडिआई १८ जनवरीमा मेलबर्नमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *