आईपिएलमा राजस्थानको लागतार दोस्रो जित, दिल्ली १२ रनले पराजित

29 Mar, 2024

इन्डियन प्रिमियर लिग (आईपिएल)मा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार राति घरेलु मैदान जयपुरमा भएको खेलमा खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले लगातार दोस्रो जित निकालेको हो। यता, दिल्लीको भने यो लागतार दोस्रो हार हो।

राजस्थाले दिएकको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७३ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्का मद्दतमा ४४ रन बनाउँदा कप्तान ऋषव पन्त २६ बलमा २८ र मिचेल मार्सले १२ बलमा २३ रन बनाए।

बलिङमा राजस्थानका आन्द्रे बर्गर र युजभेन्द्र चहलले समान २ विकेट लिए। यस्तै, रविचन्द्र आश्विनले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको विस्फोटक ब्याटिङ मद्दतमा ५ विकेटको क्षतिमा १८५ रन बनायो। इनफर्म परागले ४७ बलमा ७ चौका र ६ छक्का मद्दतमा ८४ रन बनाए। यस्तै, आश्विनले १९ बलमा ३ छक्का प्रहार गर्दै २९ रन बनाउँदा ध्रुब जुरेलले १२ बलमा २० रन बनाए।

बलिङमा दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान १ विकेट लिए।