आईपिएल युएईमा गर्ने औचारिक घोषणा, प्रतियोगिताअघि ४ पटक कोरोना परीक्षण अनिवार्य

यस पटकको आईपीएल यूएईमा गर्ने औपचारिक घोषणा गरिएको छ । सरकारले आईपिएल युएईमा गर्न अनुमति दिएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आईपिएल युएईमा गर्ने औपचारिक घोषणा गरेको हो।

बिसिसिआईले आईपिएल जैविक रूपमा सुरक्षित युएईएका तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने घोषणा गरेको छ । कोरोना महामारीका कारण मार्चका लागि भएको आइपिएल रद्द भएको थियो।

आईपिएल हुने नहुने लामो द्विविधाबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले अस्ट्रेलियामा हुने टि–२० विश्वकप एकवर्षपछि सारेपछि आईपिएल आयोजनाको बाटो खुलेको हो।

४ पटक कोरोना परीक्षण र १४ दिन क्वारेन्टाइन अनिवार्य

आईपिएलमा सहभागीता जनाउन युएई पुग्ने प्रत्येक खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारीले ४ पटक कोरोना परीक्षण गराउनु पर्ने भएको छ । साथै उनीहरुले युएई पुगेपछि १४ दिन क्वारेन्टाइन पनि बस्नु पर्ने छ । आईपिएल गर्भनिङ काउन्सिलको शनिबार बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । यस्तै खेलाडीहरुले आईपिएल अवधिभर बाहिरका कसैले पनि भट्न पाउने छैनन् ।

एक टिमले २४ खेलाडी राख्न पाउने

कोरोनाले प्रभावित बनेको आईपीएलमा यो पटक प्रत्येक टिमले २४ खेलाडी राख्न पाउने भएका छन्। आइतबार बसेको आईपिएल आयोजकको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न अनुमति दिएको छ । साथै, गभर्निङ बडीले खेलाडी कम भएका टिमलाई खेलाडी थप गर्न पनि अनुमति दिएको छ।

गभर्निङ बडीले प्रतियोगिताको दौरान कुनै खेलाडीमा कोरोना संक्रमण देखिए उसको स्थानमा अर्को खेलाडी थप्न पाउने नियम पनि बनाएको छ।

गभर्निङ बडीको आइतबार बसेको बैठकले यो संस्करणको टाईटल स्पोन्सरमा चिनियाँ कम्पनी भिभोलाई नै निरन्तरता दिने निर्णय गरेको छ । आईपिएलमा हेर्न दर्शकलाई स्टेडियममा प्रवेश गर्न दिने या नदिने भन्ने विषयमा भने अझै निर्णय भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *