अस्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीले आईपिएलका सुरुवाती खेल गुमाउने

अस्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीले युएईमा हुने यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)का सुरुवाती खेल गुमाउने भएका छन् । अस्ट्रेलिया र इंग्ल्यान्डबीच सेप्टेम्बरमा वानडे र टि–२० सिरिज हुने भएको दुवै खेलका खेलाडीले आईपिएका सुरुवाती खेला गुमाउने भएका हुन् ।

अस्ट्रेलिया र इंग्ल्यान्डबीच समान ३ खेलका वानडे र टि–२० सिरिज हुने छ । सिरिज सेप्टेम्बर ४ देखि १६ सेप्टेम्बरसम्म चल्ने छ । आईपिएल भने युएईमा १९ सेप्टेम्बरबाट सुरु हुने छ । टि–२० एजिस बाउल र वानडे सिरिज ओल्ड ट्रफोर्डमा हुने छ ।

दुई देशको बीचको सिरिज आईपिएल भन्दा अगाडि नै सकिए पनि आईपिएलमा सहभागी हुने खेलाडीलाई युएई पुगेर अनिवार्य रुपमा ६ दिन क्वारिन्टिन बस्नुपर्ने भएकाले उनीहरुले आईपिएलका सुरुवाती केही खेल गुमाउने भएका हुन् ।

सिरिज खेलेर अस्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीहरु १७ या १८ सेप्टेम्बरमा मात्र युएई पुग्न सक्ने छन् । त्यसपछि ६ दिन क्वरिन्टिन बसेर तीन पटक पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्र उनीहरुले टिममा सानेल हुन पाउने छन् ।

इंग्ल्यान्ड र अस्ट्रेलियाका गरी कुल २९ खेलाडी आईपिएलका ८ टिममा सहभागी छन् । जसमा डेविड वार्नर, स्टिभ स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चार, जोस बट्लर तथा यो सिजनका सर्वाधिक महँगा खेलाडी पाट कमिन्स पनि छन् ।

दुवै देशका खेलाडीले सुरुवाती २-३खेल गुमाउने भएपछि सबैभन्दा बढी नोक्सान राजस्थान रोयल्सलाई हुने छ । एकदिवसीय र टि–२० सिरिजमा रहेका पाँच मत्वूर्ण खेलाडी राजस्थानको टिममा छन् । जसमा स्टिभ स्मिथ, जोस बट्लर, बेन स्टोक्स र एन्ड्रयु टाइ छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिअनुसार आगमी सिरिजका लागि अस्ट्रेलियन टिम २४ अगस्ता इंग्ल्यान्ड पुग्ने छ । ‘यो सिजन बन्द रंगशालामा खेलाइने छ । अस्ट्रेलियन टिमले डर्बिसरको यनकोरा काउन्टी मैदानमा अभ्यास गर्ने छ र २७ अगस्तमा सकिने पकिस्तान र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट सिरिजपछि एजिस बाउलको लागि निस्कने छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अस्ट्रेलियन टिमले सिरिजभन्दा पहिलो दुई टिम बनाएर अभ्यास गर्ने छ । एकदिवसीय सिरिज आईसिसी विश्वकप सुपर लिगको हिस्सा हुने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *