आईपिएलमा आज २ खेल हुँदै

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)मा आज दुई खेल हुँदै छ । ती दुई खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर तथा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स भिड्ने छन् ।

राजस्थान र बैंग्लोरबीचका खेल दिउँसो ३ः४५ बजे अबुधाबिमा हुने छ भने दिल्ली र कोलकाताबीचको खेल साँझ ७ः४५ मा सारजाहमा हुने छ ।

युएईको सेख जियाद स्टेडियममा हुने खेल राजस्थान र बैंग्लोरबीचको खेलमा दुबै टिम तेस्रो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा दुबै टोलीले समान २ जित र समान १ हारको सामना गरेका छन् ।

सुरुवाती दुवै खेलमा जित निकालेको राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रन र किंस इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको थियो । तर, तेस्रो खेलमा राजस्थान राजस्थान कोलकातासँग ३७ रनले पराजित भएको थियो ।

सुरुवाती दुई खेलमा सानदार व्याटिङ गर्दै जित निकालेको राजस्थानले कोलकाताविरुद्ध भने कमजोर ब्याटिङ गरेको थियो । त्यसैले बैंग्लोरविरुद्ध जित निकाल्न राजस्थान मजबुत ब्याटिङ गर्नुपर्ने छ । राजस्थान जोस बट्लर, स्टिभ स्मिथ, सन्जु सामसन, जोफ्रा आर्चरमा निर्भर रहने छन् ।

यता, हारबाट आईपिएलको सुरुवात गरेर लागतार दुई निकालेको बैंग्लोर भने आफ्नो लयलाई कयमै राख्ने दाउमा छ । उसलाई सबैभन्दा ठूलो चिन्ता कप्तान विराट कोहलीको फर्मलाई लिएर हुनेछ । लगातार तेस्रो खेलमा विराटको व्याटिङ चल्न सकेको छैन । तर, उसलाई आरोन फिन्च, एबी डे भिलियर्स र देभदत्त पाडिकलले ब्याटिङमा उत्कृष्ट साथ दिइरहेका छन् भने बलिङमा युजभेन्द्र चहल, वासिङ्टन सुन्दर र नवदीप सैनीको साथ छ ।

बैंग्लोर पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

यसैगरी शनिबार नै हुने अर्को खेलमा कोलकता र दिल्ली भिड्दै छन् । यी दुवै टिम तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिने दाउमा हुने छन् ।

सुरुवाती दुवै खेल जितेको दिल्ली तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको थियो । दिल्लीले सुरुवाती दुई खेलमा किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा दिल्लीले बल र ब्याट दुवैमा सन्तुलित प्रदर्शन गरेको थियो । अझ दिल्लीको बलिङ निकै राम्रो देखिएको छ । फास्ट बलिङमा कागिसो रबाडा र एनरिच नोट्जेले उत्कृष्ट प्रदर्शन गरेका छन् स्निपर बलिङमा अमित मिश्रा र अक्षर पटेलले दुवैको प्रदर्शन उत्कृष्ट छ । ब्याटिङमा उसलाई शिखर धवन, पृथ्वी श, श्रेयर ऐयर, ऋषव पन्त र मार्कस स्टोइनिसको साथ छ ।

यता, कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको कोलकाताले त्यसपछिका दुवै खेलमा जित निकाल्दै आफूलाई लयमा ल्याएको छ । दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा राजस्थानलाई ३७ रनले हराएको थियो ।

बटिङमा संघर्ष गरिरहेको कोलकतालाई भारतीय युवा खेलाडीले उत्कृष्ट साथ दिइरहेका छन् । विशेषतः कमलेस नगरकोटी र शिवम मावीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् भने ब्याटिङमा शुभमन गिलको प्रदर्शन पनि उत्कृष्ट नै छ । कप्तान दिनेश कार्तिक र आन्द्रे रसेलको ब्याटिङ चले कोलकातालाई सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP