खुल्यो आईपिएलको मिड सिजन ट्रान्सफर विन्डो, कुन टिमबाट को खेलाडी योग्य ?

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिए)को मिड सिजन ट्रान्सफर विन्डो सुर भएको छ । सोमबार राति भएको रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल सकिए लगत्तै आईपिएलको मिड सिजन ट्रान्सफर विन्डो खुलेको हो ।

आईपिएल आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) यो सिजनबाट केही नियम परिवर्तन गरेकाले यो पटक जनबाट मिड सिजन ट्रान्सफर विन्डो चर्चामा छ । यसअघिका सबै संस्करणको जनबाट मिड सिजन ट्रान्सफर विन्डोमा अनक्याप्ट खेलाडीमा मात्रै सहभागी हुँदै आएको यसपटक भने सबै खेलाडी सहभागी हुन पाउने छन् ।

कस्ता खेलडी हुन सक्छन् ट्रान्सफर

आईपिएलको आधा सिजन अथात् सबैटिमले ७ खेल खेलिसकेपछि जनबाट मिड सिजन ट्रान्सफर विन्डो सुरु हुन्छ । प्रत्येक टिममा कुनै पनि खेलमा अवसर नपाएका वा बढीमा २ खेलमा मात्र मौका पाएका सबै खेलाडी ट्रान्सफल हुन सक्ने छन् । यो ट्रान्सफर विन्डोमा प्रत्येक टिमले आफूलाई अवश्यक नभएका खेलाडी सिरिज गर्न सक्ने छन्, र सोही स्थानमा अन्य टिमबाट खेलाडी अनुबन्धन गर्न सक्ने छन् । यसमा खेलाडी र टिम दुवैको सहमति भने अवाश्यक पर्ने छ ।

जनबाट मिड सिजन ट्रान्सफर विन्डोको ट्रान्सफरको मान्यता यही सिजनका लागि मात्र मान्य हुने छ । सिजन सकिएलगत्तै जनबाट मिड सिजन ट्रान्सफर विन्डोमा ट्रान्सफर भएका खेलाडी पुरानै टिममा फर्कने छन् ।

आईपिएलको सिजन आधा सकिँदा दुईभन्द कम खेलमा मात्र अवसर पाएका खेलाडीले मिड सिजन ट्रान्सफर विन्डोमा ट्रान्सफकार लागि योग्य हुने छन् । कुनै पनि खेल नखेलेका वा दुईभन्दा कम खेल खेलका खेलाडीले ट्रान्सफर वा लोनमा अर्को टिममा जान सक्ने छन् ।

यो फुटबलको समर ट्रान्सफर विन्डो जस्तै हो । प्रतियोगितामा कमजोर देखिएका टिमले आफूलाई थप बलियो बनाउन नयाँ खेलाडी भित्र्याउन सक्ने छन् । यो ट्रान्सफर विन्डोले कमोजर टिमलाई प्रतियोगितामा आफूलाई बलियो बनाउन एउटा अवसर प्रदान गर्ने छ ।

कुन टिमबाट को खेलाडी योग्य ?

मुम्बई इन्डियन्सः आदित्य टारे, अनुकुल रोय, मिचेल म्याक्लेनघन, क्रिस लिन, नाथन कुल्टर नाइल, सौरभ तिवराी, मोहसिन खान, दिग्वििजय देशमुख, प्रिन्स बलवन्त, राय, धवल कुलकर्णी, जयन्त यादव, शेरफन रदरफोर्ड र अनमोलप्रित सिंह ।

चेन्नई सुपर किंग्सः केएम आसिफ, इमरान ताहिर, नारायण जगदीशन, कर्ण शर्मा, मिचेल सान्टनर, मोनु कुमार, ऋतुराग गयकवाड, आर साई किशोर, जोश हेजलउड ।

दिल्ली क्यापिटल्सः किमो पोल, अजिक्या रहाणे, सन्दीप लामिछाने, एलेक्स क्यारी, आवेष खान, ललित यादव, ड्यानियल साम्स, तुषार देशपाण्डे, मोहित शर्मा र इशान्त शर्मा ।

सनराइजर्स हैदरावादः श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, ऋद्धिमन साह, विजय शंकर, विराट सिंह, बी सन्दीप, फाविनयन एलन, संजय यादव, बासिल थम्पी, विली स्टानलेक, मोहम्मद नाबी र शाहबाज नदीम ।

किंग्स इलावेन पञ्जावः मुजिव उर रहमान, मुर्गन आश्विन, दीपक हुडा, इशान पोरेल, क्रिस जोर्डन, प्रभासिमरन सिंह, तजिन्दर सिंह, अर्शदीप सिंह, दर्शन नालकंडे, कृष्णप्पा गौतम, हारदुस विलजोन, क्रिस गेल, हरप्रित बरार, जगदीश सुचित ।

कोलकाता नाइट राइडर्सः टम बेन्टन, निखिन नायक, प्रसिद्ध कृष्णा, रिंकु सिंह, सन्दीप वारियर, सिद्धेश लड, क्रिस ग्रिन, एम सिद्धार्थ, लकी फर्गसन ।

राजस्थान रोयल्सः वरुण आरोन, ओशाने थोमस, अनिरुद्ध जोशी, एन्ड्रयू टाइ, आकाश सिंह, अनुज रावत, मयंक मार्कन्डे, डेविड मिलर, आकाश सिंह ।

रोयल च्यालेन्जर्स बैंग्लोरः जोश फिलिप, क्रिस मोरिस, मोइन अली, शाहबाज अहमद, पार्थिव पटेल, उमेश यादव, पवन देशपाण्डे, एडम जम्पा, मोहम्मद सिराज, डेल स्टेन, पवन नेगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP