आईपिएलका बाँकी खेल युएईमा हुने

कोरोना भाइरसको महामरीका कारण बीचमै रोकिएको इन्डियन प्रिमियर लिग (आईपिएल)का बाँकी खेल युएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को बैठकले आईपिएलका बाँकी खेल १५ सेप्टेम्बर १५ सम्म युएईमा आयोजना गर्ने निर्णय गरेको छ।

खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएपछि बिसिसिआईले आईपिएपल स्थगित गरेको थियो । आईपिएलका अब ३१ खेल बाँकी छन् ।

२९ मे मा विशेष बैठकले यस विषयमा थप निर्णय गर्ने बताइएको छ । सो बैठकमा टि–२० विश्वकपका विषयमा पनि छलफल हुने बताइएको छ । टि–२० विश्वकप आगमी अक्टोबर–नोभेम्बरमा भारतमा हुने तालिका छ ।

तर, भारतमा कोरोना भाइरसको बढ्दो महामारीले विश्वकप आयोजनबारे शंका उत्पन्न भएको छ। यदि विश्वकप भारतमा आयोजना गरिएन भने यो खेल युएईमा हुनेछ। यद्यपि, बीसीसीआईले भारतमा नै विश्वकप आयोजना गर्न यथासक्दो प्रयास गरिरहेको छ।

Facebook Comments Box