आईपिएल उपाधिका लागि चेन्नई र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपिएल)को उपाधि भीडन्त आज राति हुँदैछ । युएईमा हुने खेलमा उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्ने छन्। दुबईमा हुने फाइनलमा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो पटक आईपीएलको उपाधि जित्ने योजनामा रहेको छ। चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो।

त्यसैगरी, इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ। कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो।

यी दुई बीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ।

पछिल्लो दुई भेटमा चेन्नईले जित लहात पारेका थियो। लिग चरणअन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो भने सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो।

Facebook Comments Box