आजबाट सुरु हुँदै आईपिएल, मुम्बई र बैंग्लोर भिड्ने

इन्डियन प्रिमियर लिग (आईपिएल)को १५औं संस्करण आजबाट सुरु हुँदै छ । आज हुने उद्घाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना हुने कि नहुने भन्ने अन्यौल थियो । प्रतियोगिताका खेल खेलाइने ५ शहरहरुमध्ये धेरैजसो कोरोना संक्रमणको चपेटामा परेका छन् ।

१५औं संस्करणको अहमदावाद, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा आयोजना हुने जनाएको छ। आजबाट सुरु हुने आईपिएलको १५औं संस्करण १० मेमा सकिने छ।

आईपिएलको लिग चरणमा हरेक टिमले चार मैदानमा प्रतिस्पर्धा गर्ने छन् । यो पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । सबै खेल न्युट्रल भेन्यूमा हुने छ। लिग चरणका ५६ खेलमध्ये चेन्नई, मुम्बई, दिल्ली र कोलकातामा १०–१० खेल हुने छन् भने बाँकी ८ खेल विश्वको सबैभन्दा ठूलो रंगशाला अहदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुने छ। प्लेअफ र फाइलन अहमदावाद मै हुने छ।

एक महिनासम्म चल्ने प्रतियोगितामा ११ दिन दुई खेल हुनेछ भने बाँकी दिन एक खेल मात्र हुने छन्। पहिलो खेल दिउँसो ३ः४५ मा सुरु हुने छ भने दोस्रो खेल ७ः४५ मा हुने छ । एउटा मात्र खेल भएको दिन खेल ७ः४५ मा हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.